सर्लाही क्षेत्र नम्बर ३ बाट नेकपा एमालेका उम्मेदवार हरि उप्रेती विजयी


९ मंसिर २०७९, शुक्रबार १३:४१ मा प्रकाशित

सर्लाही । सर्लाही क्षेत्र नम्बर ३ बाट नेकपा एमालेका उम्मेदवार हरि उप्रेती विजयी हुनुभएको छ ।

उप्रेतीले निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका नरेन्द्र साहलाई ७७० मतले पछि पर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो ।

उप्रेतीले ३२ हजार ९३८ मत ल्याउनु भयो भने उहाँको प्रतिस्पर्धी साहले ३२ हजार १६८ मत प्राप्त गर्नुभएको भयो ।

त्यसैगरी जनमत पार्टीका त्रिभुवन सिंहले ५ हजार ५१९ ल्याउँदै तेस्रो बन्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here