काँग्रेसभित्र अहिले उकुसमुकुस छः महामन्त्री थापा


६ जेष्ठ २०८२, सोमबार १८:०२ मा प्रकाशित


काठमाडौं ।
नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली काँग्रेसमा उकुसमुकुसको अवस्था रहेको बताउनुभएको छ ।


सोमवार काठमाडौंमा सुवास घिमिरेले लेख्नुभएको विपी कोईरालाको जीवन कथामा आधारित पुस्तक सान्दाजुको लोकोर्पण समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले काँग्रेसभित्र अहिले उकुसमुकुस, गुनासो, असन्तुष्टि र छटपटाहट रहेको जिकिर गर्नुभयो ।

उहाँले तर सँगै काँग्रेसमा एउटा अवसर पनि रहेको बताउनु भयो । उहाँले काँग्रेस अहिले संघ, प्रदेश र स्थानीय तहको सरकारमा रहेको र अब बन्ने प्रधानमन्त्री पनि काँग्रेसकै रहने बताउनु भयो । उहाँले अब गभर्नर पनि काँग्रेसकै भागमा रहेको बेलामा पनि काँग्रेसीजनमा खुशी नरहेको बताउनु भयो ।


महामन्त्री थापाले काँग्रेस नेपालको राष्ट्रिय शक्ति भएको बताउनु भयो । उहाँले नोपली समाजमा एउटा उकुसमुकुस रहेको बताउनु भयो । बाहिर आउने र जानेकुरा चलिरहने बताउनु भयो । उहाँले नेपाल बन्दैन भन्ने भाष्यप्रति चिन्तित हुनुपर्ने बताउनु भयो । काँग्रेसलाई गनगन गर्ने र भाग्ने ठाउँ नरहेको बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here