झापा नाटक घरमा आजबाट “मुना मदन” को नाटक लाइभ मञ्चन सुरु


६ जेष्ठ २०८२, सोमबार १८:५१ मा प्रकाशित

विर्तामोड । झापाको विर्तामोड–१ स्थित झापा नाटक घरमा आजबाट ’मुनामदन’को नाटक लाइभ मञ्चन सुरु गरिएको छ ।…रोल…


एक औपचारिक कार्यक्रमकाविच बिर्तामोड नगरपालिका उपप्रमुख नगेन्द्र प्रसाद सँगा्रैलाको प्रमुख आथित्यतामा महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा लिखित कालजयी काव्य मुनामदन को नाटक मञ्चन उद्घाटन गरिएको हो । गजेन्द्र खतिवडा पृथकको निर्देशनमा मञ्चन भइरहेको यस नाटकलाई पृथक शैलीमा रूपान्तरण गरिएको छ ।

निर्देशक खतिवडाका अनुसार नाटकले समसामयिक सन्देश दिनुका साथै मौलिक संस्कृतिलाई जगेर्ना गर्ने प्रयास गरेको छ । नाटक दैनिक ३ देखी ४ सो सम्म चल्ने क्षितिज नाट्य प्रतिष्ठानका व्यवस्थापक तथा मुना मदन नाटक मञ्चन समितिका संयोजक राजकुमार भट्टराईले जानकारी दिनुभयो ।

उहाँले नाटक शुल्क रु, क्रमश १ सय, २ सय र ५ सय सम्म रहेको बताउनुभयो । आजबाट सुरु भएको नाटक आगामी जेष्ठ २० गतेसम्म सञ्चालन हुने आयोजकले जानकारी दिइएको छ । नाटकमा विभिन्न स्थानीय कलाकारहरूको सहभागिता रहेको छ ।

मुनामदनको पात्रलाई जीवन्त रूपमा प्रस्तुत गर्न कलाकारहरूले धेरै राम्रो अभिनय गरेको दर्शकहरुको भनाइ छ । नाटकमा कलाकारहरु शुशिल कार्की, सञ्जय मुडियसी, सुदिप जंग कार्की, सबिता रेग्मी, दीपा पोख्रेल, सृष्टि आचार्य, प्रज्वल भट्टराई, विवेक मिश्र, तुलसी मिश्र, राकेश दर्नाल, राजकुमार भट्टराई, सन्तोश तामाङ, कोमल प्रधान र बालीका चापागाई रहनुभएको छ ।

उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि नगेन्द्र प्रसाद संग्रौलाले नाटक मुनामदनले नेपाली साहित्यको गौरवपूर्ण इतिहासलाई पुनः जीवन्त बनाउने उल्लेख गर्नुभयो । उहाँले आम दर्शक तथा श्रोताहरुले मुनामदन नाटक जीवनमा एकपल्ट हेर्नैपर्ने नाटक रहेको बताउनुभयो ।

सहभागी विद्यार्थी तथा दर्शकहरुले नाटक ज्यादै राम्रो मञ्चन गरिएकाले धेरै नै भावुक र रुवाउन सक्ने सामर्थय बोकेको नाटक भएको बिचार व्यक्त गरेका थिए । नाटक घरमा नाटक हेर्न दर्शकहरुको बाक्लो उपस्थिती रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here