अहिले राजा ल्याउनु हुँदैनः नारायणमान बिजुक्छे


७ जेष्ठ २०८२, मंगलवार १४:३९ मा प्रकाशित


काठमाडौं । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले अहिले नेपालमा राजा ल्याउनु नहुने बताउनुभएको छ ।


मंगलवार भक्तपुरमा आयोजित एक कार्यक्रमपछि कुरा गर्दै उहाँले नेपालमा अहिले राजतन्त्र ल्याउन नहुने बताउनुभएको हो । उहाँले संवैधानिक राजतन्त्र नमानेकाले नै तत्कालिन राजा ज्ञानेन्द्र शाह राजाबाट हट्नुपरेको बताउनु भयो ।

उहाँले भारत वा अमेरिकाले नेपालमा राजतन्त्र ल्याउने प्रयास गरेको खण्डमा देशमा युद्ध हुने बताउनु भयो । उहाँले राजतन्त्र पुनःस्थापनका लागि बन्दुक बाहेकको उपाय नरहेको र बन्दुक उठाएपछि फेरि त्यसको बिरुद्धमा लडाईं हुने जिकिर गर्नुभयो ।


अध्यक्ष बिजुक्छेले अहिलेका राजनीतिक दलहरुले कार्यकर्ताहरुलाई पैसा, जग्गा बाँड्ने काम मात्रै गरेको आरोप लगाउनु भयो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here