काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवी लामिछानेले आफूले चुनावमा गरेका बाचा पूरा नगरे मतदाताले जस्तो कारबाही गरे पनि भोग्न तयार रहेको बताएका छन् । मतदातालाई कारबाहीको व्यहोराको कागज तयार गरेर राख्न आग्रह गर्दै उनले त्यसमा आफूले ल्याप्चे लाउने बताए ।उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सबै उम्मेदवारलाई मतदातासमक्ष गरेका बाचामा हस्ताक्षर गर्न निर्देशन दिए । लामिछानेले जनताका सामान्य भन्दा सामान्य माग र चाहनालाई बाचापत्रमा समेटेको बताए । बाचापत्रमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र मुख्यमन्त्री हुनुपर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको अवधारणा छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीको बाचा पत्र सार्वजनिक
१७ कार्तिक २०७९, बिहीबार १२:४९ मा प्रकाशित