साउदीमा अहिलेसम्म १० नेपालीले पाए मृत्युदण्ड


१७ कार्तिक २०७९, बिहीबार १४:०१ मा प्रकाशित

काठमाडौँ । नेपालीको श्रमिकको मुख्य श्रम गन्तव्यको रुपमा रहेको साउदी अरबमा यतिवेला करिब २० लाख नेपाली रोजगारीको शिलशिलामा रहेका छन् । यसरी रोजगारीको खोजीमा साउदी अरब पुगेका १० जना नेपालीले विभिन्न आरोपमा मृत्युदण्डको सजाय पाएका छन् । २०७१ घरेलु श्रमिकको रुपमा साउदी अरब पुगेकी तनहुँ जिल्लाको शोभा परियारले मृत्युदण्डको सजाय पाएकी थिइन्। त्यसयता नेपालीले साउदी अरबमा मृत्युदण्डको सजाय पाएका थिएनन्। गन्तव्य देशको कानुनको जानकारीको अभाव, भाषा नबुझ्ने तथा मादक पदार्थको सेवन लगायतका कारण नेपाली फस्ने गरेको कन्सुलर विभागका महानिर्देशक धनबहादुर वली बताउँछन्। वैदेशिक रोजगार बोर्डको तथ्यांकअनुसार रोजगारीको शिलशिलामा साउदी अरब पुगेका ४ सय नेपाली विभिन्न आरोपमा जेल जीवन बिताइरहेका छन्। रोजगारीको खोजीमा विदेशिएका ११ हजार ३ सय ७ जना नेपालीलाई विभिन्न देशबाट सरकारले उद्धार गरेको वैदेशिक रोजगार बोर्डको तथ्यांकले देखाएको छ। जसमा साउदी अरब सबैभन्दा अगाडि रहेको वैदेशिक रोजगार बोर्डका निर्देशक द्धारीका उप्रेतीले जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here