मोरङमा करेन्ट लागेर १ जनाको मृत्यु


१६ कार्तिक २०७९, बुधबार ११:४० मा प्रकाशित

झापा । मोरङको बुढीगंगा गाउँपालिका २ स्थितमा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बिराटनगर(६ का ३० बर्षीय राम मण्डल रहेका छन । हिजो बेलुका ४ बजे मण्डलले घर निर्माणको लागि बाँस काट्ने क्रममा बाँसले बिधुतको हाईटेन्सन तारमा छुन पुग्दा उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेर घाईते भएका मण्डलको बिराट मेडिकल कलेज गंगा चोकमा उपचारको क्रममा मृत्यु भएको हो । घटना सम्वन्धमा जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भईरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here