आगामी निर्वाचनमा एमालेको बहुमत नआए मुलुकमा दुर्भाग्य हुने अध्यक्ष ओलीको भनाई


१६ कार्तिक २०७९, बुधबार १२:४६ मा प्रकाशित

झापा । नेकपा एमालेका अध्यक्ष केपी ओलीले आगामी निर्वाचनमा एमालेको बहुमत नआए मुलुकमा दुर्भाग्य हुने बताउनुभएको छ । नेकपा एमाले काठमाडौं क्षेत्र नंवर १ निर्वाचन परिचालन कमिटीले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा ओलीले मुलुकलाई अघि बढाउन एमाले सुदृढ राष्ट्रिय एकल शक्तिको रुपमा आउनै पर्ने भन्दै त्यसो हुन नसके मुलुकमा दुर्भाग्य हुने बताउनुभएको हो ।परमादेश लिएर किर्ते ढंगले सरकार बनाएकाहरुले पुन सरकार बनाए मुलुक अप्ठेरोमा जाने उहाको भनाई छ । ओलीले परमादेशी सरकार बनाएदेखि नै अदालत बेहाल अवस्थामा रहेको जिकिर गर्नुभयो । उहाले आगामी निर्वाचन महासंग्राम भएको भन्दै प्रतिगामीहरूलाई चुनावबाट पराजित गर्नुपर्ने बताउनुभयो । गठबन्धनसंग देश बिकासको कुनै लक्ष्य र उदेश्य नै नभएको उहाको भनाई छ । उहाले अहिले पनि गठबन्धनमा रहेका केहि दलहरु निर्वाचनपछि सरकारमा जान च्याखे थापेर बसेको बताउनुभयो । ओलीले यसअघिको एमाले सरकारले मुलुकमा असाधारण बिकास गरेको दावी गर्नुभयो । ओलीले विश्वमै भूकम्पपछिको पुनर्निर्माणमा छिटो सफलता पाउने देशमा नेपाल परेको समेत बताउनुभयो । उहाले अहिले पनि बिरोधीहरु एमाले सरकारले बनाएको धरहरा देखेर तर्सिने गरेको तर्क गर्नुभयो । त्यस्तै एमाले अध्यक्ष ओलीले सवै दल र नेताहरुलाई एकै जस्तो गरेर भष्टचारी, बिकास बिरोधी भनेर प्रचार हुने गरेको भन्दै आपत्ती जनाउनुभयो । मुलुकका जनताहरु सचेत रहेकाले मुलुकको हितमा काम गर्ने पार्टी एमालेलाई बिजयी गराउने उहाको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here