‘भेरिफाइड’ट्विटर अकाउन्ट चलाउनेले मासिक ८ डलरको शुल्क लगाउने घोषणा


१६ कार्तिक २०७९, बुधबार १०:५४ मा प्रकाशित

काठमाडौँ । सामाजिक सञ्जाल ट्विटरको नीलो टिकसहित प्रमाणित् अर्थात् (भेरिफाइड ) अकाउन्ट चलाउनेले अब मासिक आठ डलर तिर्नुपर्ने भएको छ । ट्विटरका नयाँ मालिक एलन मस्कले नीलो टिकसहितको प्रमाणित अकाउन्ट हुने र अबका दिनमा निलो टिक पाउनेले मासिक ८ डलरको शुल्क लगाउने घोषणा गर्नुभएको बीबीसीले जनाएको छ । गएको हप्ता मात्रै ट्विटरको पूर्ण स्वामित्व लिएका मस्कले नक्कली अकाउन्टहरु नियन्त्रण गर्नका लागि यो कदम आवश्यक रहेको तर्क गर्नुभएको छ । शुल्क तिर्ने प्रयोगकर्तालाई सेवामा पनि प्राथमिकता हुने उहाँको भनाइ छ । मुख्य गरी शीर्ष नेताहरु, कलाकार, ब्यापारी, पत्रकारलगायतले एउटा संक्षिप्त अनलाइन फारम भरेर केही प्रक्रिया पूरा गरी नामको पछाडि नीलो टिकसहितको अकाउन्ट प्रयोग गर्दै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here