धनुषा । तिहार सकिएलगत्तै मिथिलाञ्चलमा छठ पर्वको रौनक शुरु भएको छ ।
मिथिला क्षेत्रको सबैभन्दा ठूलो पर्व छठको पहिलो दिन आज नुहाइधुवाइ गरी जीउ शुद्ध गर्ने गरिन्छ ।
मिथिलाञ्चलसहित छठ मान्ने ब्रतालुहरु आज नुहाएर ‘अरबा अरबाइन’ खाने गर्दछन् ।
छठको अवधिभर मरुवा, मसुराको दाल, लसुन, प्याजलगायतका वस्तुहरु खान नहुने मान्यता रहेको छ ।
मिथिलाञ्चललगायतका क्षेत्रहरुमा छठका लागि नदी, पोखरी तथा तीर्थस्थलहरु सजाउने क्रम पनि शुरु भएको छ ।
जनकपुरका अधिकांश पोखरीहरुलाई झकिझाउन बनाउन शुरु गरिएको हो ।
छठको दोस्रो दिन भोलि दिनभर उपवास बसी राति खिर खाने चलन छ ।
जसलार्य ‘खरना’ भन्ने गरिन्छ । छठको मूख्य दिन आगामी आइतबार अस्ताउँदै दिनभर ब्रत बसेर अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिने गरिन्छ भने रातभर जाग्राम बसेर सोमबार उदाउँदै गरेको सूर्यलाई अर्घ दिएपछि छठ समापन हुन्छ ।





