आईसीसी टी–ट्वन्टी विश्वकप क्रिकेटमा पाकिस्तान जिम्बाब्वेसंग पराजित


११ कार्तिक २०७९, शुक्रबार ०७:५२ मा प्रकाशित

काठमाडौं । आईसीसी टी–ट्वन्टी विश्वकप क्रिकेटमा पाकिस्तान लगातार दोस्रो खेलमा पराजित भएको छ ।

पहिलो खेलमा भारतसँग हारेको पाकिस्तानलाई बिहीबार राती जिम्बाबेले हराएको हो । बिहीबार साँझ पर्थमा भएको रोमाञ्चक खेलमा जिम्बाब्वेसँग पाकिस्तान १ रनले पराजित भयो ।

टस जितेर पहिले ब्याटिङ गरेको जिम्बाब्वेले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३० रन जोड्यो । जवाफमा १३१ रनको लक्ष्य पछ्याएको पाकिस्तानले २० ओभरमा ८ विकेट गुमाएर १ सय २९ रन मात्र बनाउन सक्यो ।

जितसँगै जिम्बाब्वेले दुई खेलबाट ३ अंक जोडेको छ । समूह २ मा रहेको जिम्बाब्वे तेस्रो स्थानमा छ । लगातार दोस्रो हार बेहोरेको पाकिस्तान पाँचौँ स्थानमा छ ।

बिहीबार नै भएको अर्को खेलमा नेदरल्याण्ड्सलाई ५६ रनले हराउँदै भारतले प्रतियोगितामा दोस्रो जित दर्ता ग¥यो । सिड्नीमा टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १ सय ७९ रन बनायो ।

जवाफमा १८० रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय २३ रन मात्र बनाउन सक्यो । बिहीबारको पहिलो खेलमा दक्षिण अफ्रिकाले बंगलादेशलाई १ सय ४ रनले हराएको थियो ।

विश्वकप टि–ट्वेन्टी क्रिकेटमा शुक्रबार दुई खेल हुनेछन् । शुक्रबार नै बिहान पौने १० बजे मेलबर्नमा सुरू हुने खेलमा अफ्गानिस्तान र आयरल्याण्ड भिड्दा दिउसो पौने २ बजे सोही मैदानमा अष्ट्रेलियाले इंग्ल्याण्डसँग खेल्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here