महोत्तरीमा हिंसा भड्कियो, अनिश्चितकालका लागि कर्फ्यु आदेश जारी


११ कार्तिक २०७९, शुक्रबार ०७:५७ मा प्रकाशित

काठमाडौं । महोत्तरीमा हिंसा भड्किएपछि अनिश्चितकालका लागि कर्फ्यु आदेश जारी भएकाे छ ।

हिंसा भड्किएको भंगहा नगरपालिका क्षेत्रमा कर्फ्यु आदेश जारी भएको हाे ।

हिंसा नियन्त्रणमा लिन कर्फ्यु आदेश जारी गर्नु परेको जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ ।

भंगहा नगरपालिका–८ को दक्षिणमा पररियाको सम्पूर्ण क्षेत्र, उत्तरपूर्वमा ब्रह्मस्थान पररिया, उत्तरमा धरमपुरभन्दा दक्षिण, पूर्वमा लोहारपट्टी नगरपालिकाको वडा नम्बर १ मा पर्ने बगडाचोक, पश्चिममा इलाका प्रहरी कार्यालय लोहारपट्टीस्थित पुलसम्म प्रशासनले कर्फ्यु आदेश जारी गरेको हाे ।

सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले दिउँसो ३ बजेबाट लगाइएको कर्फ्यु अर्को आदेश जारी नभएसम्म जारी रहने जानकारी दिनुभयाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here