नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको कार्यकाल सकियो, चीन फर्कने तयारी


८ कार्तिक २०७९, मंगलवार ११:१६ मा प्रकाशित

काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले आफ्नो कार्यकाल पूरा भएको बताउनु भएको छ।

उहाँले मंगलबार एक ट्विट गर्दै आफ्नो कार्यकाल सफल रुपमा पूरा गरेको र आफू अब मैत्रीपूर्ण र सुन्दर छिमेकी देश नेपाल छाडेर जान लागेको बताउनु भएको हो ।

राजदूत यान्छीले ट्विट गर्दै भन्नुभएको छ, ‘मेरो कार्यकाल पूरा गरें, म मैत्रीपूर्ण र सुन्दर छिमेकी नेपाल छाडेर जाँदैछु । ‘

उहाँले आफ्ना सम्पूर्ण नेपाली मित्रहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको छ। नेपालमा रहँदा मित्रता गाँसिएका साथीहरूसँग सधैं कदर गर्ने उहाँले बताउनुभयो ।

राजदूत यान्छीले यसअघि नै सभामुख अग्निप्रसाद सापकोटा र गृहमन्त्री बालकृष्ण खाँणसँग शिष्टाचार बिदाई भेट गर्नुभएको थियो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here