ऋषि सुनक बेलायतको प्रधानमन्त्री बन्ने निश्चित भएपछि प्रधानमन्त्री देउवाको बधाई


८ कार्तिक २०७९, मंगलवार १०:५९ मा प्रकाशित

काठमाडाैँ । प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त अधिराज्य बेलायतको कन्जरभेटिभ पार्टीको नेता र बेलायतको आगामी प्रधानमन्त्रीका रूपमा निर्वाचित भएकाेमा पूर्वअर्थमन्त्री ऋषि सुनकलाई बधाई दिनुभएको छ ।

प्रधानमन्त्री देउवाले मंगलबार सामाजिक सञ्जाल ट्विटरमार्फत् उहाँलाई यो महत्त्वपूर्ण जिम्मेवारीका लागि शुभकामना व्यक्त गर्दै लामो समयदेखिको नेपाल-बेलायत सम्बन्धलाई अगाडि बढाउन उहाँसँग काम गर्न आफू तत्पर रहेको उल्लेख गर्नुभएको छ ।

बेलायतका प्रधानमन्त्री लिज ट्रसले पद सम्हालेको ४५ दिनमै राजीनामा दिएपछि नयाँ प्रधानमन्त्री चयन हुन लागेको हो।

सन् १९८० मा साउथह्याम्पटनमा जन्मिएका सुनकका बाबु आमा दुवै भारतीय मूलका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here