बन्दी प्रत्यक्षीकरण रिट निवेदन सुनुवाइका लागि तिहार र छठमा पनि सर्वोच्च अदालत खुल्ने


८ कार्तिक २०७९, मंगलवार १५:३६ मा प्रकाशित

काठमाडाैँ । सर्वोच्च अदालत तिहार र छठ पर्वमा पनि बन्दी प्रत्यक्षीकरणको रिट निवेदन सुनुवाइका लागि बिहान ११ बजदेखि अपराह्न ३ बजेसम्म खुल्ने भएको छ।

सर्वोच्च अदालत १३ गतेसम्म पूर्णरूपमा बन्द रहने भए पनि शनिबार र भाइटीकाको दिनबाहेक अन्य दिन बन्दी प्रत्यक्षीकरणको रिट निवेदन सुनुवाइका लागि खुल्ला हुने अदालतका प्रवक्ता बिमल पौडेलले जानकारी दिनुभयो।

न्याय प्रशासन ऐन, २०७३ मा बिदाको दिनमा पनि बन्दी प्रत्यक्षीकरणको रिट निवेदनको सुनुवाइ गर्ने व्यवस्था रहेको छ।

अदालत पूर्णरूपमा भने तिहार र छठपछि मात्र खुल्नेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here