झापाबाट १५ लाख बराबरको पटाका बरामद, खुला सीमा मुख्य चुनौती


६ कार्तिक २०७९, आईतवार १९:१८ मा प्रकाशित

झापा । झापाको बिभिन्न स्थानबाट अवैध रुपमा ओसारपोसार भइरहेको १५ लाख बराबरको पटाका प्रहरीले बरामद गरेको छ ।

आइतबार जिल्ला प्रहरी कार्यालय झापामा बरामद गरिएको पटाका खाडल खनेर गाडिएको हो । प्रहरीले विभिन्न समयमा अवैध रुपमा ओसारपोसार भइरहेको १५ लाख २७ हजार ८ सय रुपैयाँ बराबरको बिभिन्न किसिमका पटका जन्य पदार्थहरु बरामद गरेर नष्ट गरेको हो ।

उक्त परिमाणको पटाका विगत १५ दिनमा झापाका विभिन्न स्थानबाट बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले जानकारी दिनुभयो । नेपाल-भारतबीचको खुल्ला सीमानाका कारण पटाका भित्र्याउने क्रम जारी रहेको उहाँले बताउनुभयो ।

तिहारलाई लक्षित गरेर अवैध रुपमा सीमा नाका लगायत विभिन्न स्थानहरुबाट नेपाल भित्रिएका पटाका प्रहरीले नियन्त्रणमा लिएको हो ।

तिहारको समयमा पटाकाको प्रयोगले अवाञ्छित गतिविधिसमेत हुनसक्ने भन्दै पटाकाजन्य पदार्थको प्रयोग नगर्नसमेत जिल्ला प्रहरी कार्यालय झापाले आग्रह गरेको छ ।

कार्यक्रममा झापाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्वमणि पोखरेलको सम्पादन भएका मुख्य कार्यहरुको प्रगति बिवरणसमेत प्रस्तुत गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here