फिल्म ‘लाखे’ को गीत सार्वजनिक


३ कार्तिक २०७९, बिहीबार ११:१२ मा प्रकाशित

झापा । ग्याङस्टर र एक्सन कथावस्तुमा आधारित फिल्म ‘लाखे’को आइटम ट्रयाक सार्वजनिक भएको छ । आइतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा फिल्मका निर्माताले गीत सार्वजनिक गरेका हुन् । तिम्रो पिरेम’ बोलको गीतमा सौगात मल्ल, अनुपविक्रम शाही, अर्पण थापा, आर्यन अधिकारी फिचर्ड छन् । सौरभ लामाको छायांकन र सन्देश शाहले भिडियो सम्पादन गरेका छन् । सम्राट बस्नेत निर्देशित मल्टिस्टारर फिल्ममा वर्षा राउत, सुशिल सिटौला, प्रशान्त ताम्राकार लगायतको अभिनय छ । ग्लोबल मिडिया एण्ड रिसर्च सेन्टर र औरिवन प्रोडक्सनको ब्यानरमा फिल्म निर्माण भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here