मर्मत गरियो बिर्तामोड ८ हर्चना-मेथीबारी सडकको बरगाछी पुल


३ कार्तिक २०७९, बिहीबार ११:१० मा प्रकाशित

झापा । बिर्तामोड नगरपालिका वडा नम्बर ८ स्थित हर्चना मेथीबारी सडकको बरगाछी पुल मर्मत गरिएको छ ।

यस पुलको एकपट्टिको भागमा ठूलो खाडल परेपछि केहि दिन देखी सवारी आवतजावत ठप्प भएको थियो ।

नगरप्रमुख पवित्रा महतारा प्रसाई, उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला, प्रमुख प्रशासकीय अधिकृत बिनोद कुमार न्यौपाने , वडाध्यक्ष अजय कार्की लगायत जनप्रतिनिधि, नगरप्रहरी र स्थानियको सहभागितामा पुल मर्मत गरिएको हो । सबैले खोलामा रहेको बालुवा बोरामा भरेर खाडल पुरिएको हो ।

पुरानै पुललाई मर्मत गरेर तत्कालका लागि प्रयोगमा ल्याईए पनि नयां पुल निर्माण गर्नु पर्ने आवश्यकता रहेकोले यसका लागि योजना बनाएर अघि बढ्ने नगरप्रमुख प्रसाईले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here