कात्तिक कृष्ण औँसीको दिन खण्डग्रास सूर्यग्रहण


३ कार्तिक २०७९, बिहीबार १२:३३ मा प्रकाशित

काठमाण्डौ । कात्तिक ८ गते मंगलवार कात्तिक कृष्ण औँसीका दिन खण्डग्रास ९थोरै सूर्य ढाक्ने० सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । ग्रहणले अपराह्न ४ बजेर ५२ मिनेटमा स्पर्श गर्ने छ । ग्रहण लागेको ३२ मिनेटपछि बेलुकी ५ बजेर २४ मिनेटमा सूर्यास्त हुने समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिनुभयो । करिब ३२ मिनेटमात्र नेपालबाट ग्रहण देखिने बताउनुभएको छ । नेपालबाट नदेखिने भए पनि ग्रहणले बेलुकी साढे सात बजे छाड्ने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here