सत्यमोहन जोशीको निधनको शोकमा मंगलबार देशभर सार्वजनिक विदा


३१ आश्विन २०७९, सोमबार १९:३६ मा प्रकाशित

काठमाडौँ । सरकारले संस्कृतिविद् तथा शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा शोक व्यक्त गर्न मंगलबार देशभरिका सबै सरकारी कार्यालय, सार्वजनिक संघसंस्थाहरु र विदेशस्थित कूटनीतिक नियोगहरुमा मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

गृह मन्त्रालयले जोशीको निधनमा शोक व्यक्त गर्न देशभरि सार्वजनिक बिदा दिने निर्णय सोमबार गरेको हो।

गृह मन्त्रालयले जोशीको निधनमा देशभरिका सरकारी कार्यालय, सार्वजनिक संघसंस्थाहरु र विदेशस्थित कूटनीतिक नियोगमा झन्डा आधा झुकाउने निर्णय पनि गरेको छ।

जोशीको १०३ वर्ष उमेरमा सोमबार निधन भएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here