काठमाडौं । सरकारले मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि चारवटै सुरक्षा संयन्त्र परिचालन गरेको छ।
केन्द्रीय सुरक्षा समितिबाट पारित एकीकृत निर्वाचन सुरक्षा योजनाअनुसार चारवटै सुरक्षा अंगका सुरक्षाकर्मी परिचालन गरिएको हो।
गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव फणीन्द्रमणि पोखरेलका अनुसार सुरक्षा योजनामा निर्वाचनको एक महिनाअघिदेखि नै निर्वाचन क्षेत्र तथा निर्वाचन गतिविधिको सुरक्षामा सुरक्षाकर्मी परिचालन गर्ने कुरा भएको हो ।
निर्वाचनको एक महिना अघिदेखिनै सुरक्षाकर्मी परिचालन हुने पोखरेलले बताउनु भयो ।
निर्वाचन सुरक्षाका लागि संयुक्त सुरक्षा संयन्त्र परिचालित हुँदै
१ कार्तिक २०७९, मंगलवार ०६:३७ मा प्रकाशित





