सबै प्रहरी इकाईलाई आफ्नै भवनबाट सेवा दिने व्यवस्था मिलाइदिन महानिरीक्षक सिंहको सरकारसंग आग्रह


३१ आश्विन २०७९, सोमबार १३:२४ मा प्रकाशित

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले सबै प्रहरी इकाईले आफ्नै भवनबाट सेवा दिन नपाइरहेको भन्दै आवश्यक व्यवस्था मिलाउन सरकारसँग आग्रह गर्नुभएको छ ।

सोमबार ६७ औँ प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयमा बोल्दै उहाँले यस्तो गुनासो गर्नुभएको हो ।

महानिरीक्षक सिंहले केही प्रहरी कार्यालय, ब्यारेकहरू अझैपनि अन्य निकायका व्यक्तिको घरमा आश्रय लिँदै आएको भन्दै आम नागरिकबाट प्रहरी कार्यालयका लागि प्रदान गरिएको जग्गा उपलब्ध गराइ प्रहरी कार्यालयलाई आफ्नै भवनमा राख्न आग्रह गर्नुभयो ।

उहाँले नेपाल प्रहरीले ३२ सय बढी प्रहरी इकाईहरूमार्फत सेवा प्रवाह गर्दै आएको उल्लेख गर्दै नेपाल प्रहरी देशकै सबैभन्दा बढी नागरिकसमक्ष पहुँच भएको संस्था रहेको बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here