चैतमा एसईई र वैशाखमा कक्षा १२ को परीक्षा हुने


३१ आश्विन २०७९, सोमबार १२:२८ मा प्रकाशित

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कोभिड महामारीले प्रभावित शैक्षिक सत्रलाई त्यसअघिकै लयमा फर्काउने गरी कक्षा १०–१२ को परीक्षा समयसिमा निर्धारण गरेको छ । बोर्डले सार्वजनिक गरेको बार्षिक कार्यतालिकाअनुसार आगामी चैतमा कक्षा १० को एसईई र वैशाखमा कक्षा १२ को परीक्षा सञ्चालन हुनेछ । परीक्षा नियन्त्रक अर्जुन रायमाझीले यसपालि एसईई चैत दोस्रो सातादेखि संचालन हुने जानकारी दिए । असारको तेस्रो साता एसईईको नतिजा सार्वजनिक गर्ने योजना बनाइएको छ । कक्षा १२ को बार्षिक परीक्षा आगामी बैशाख दोस्रो सातादेखि संचालन हुने बोर्डको बार्षिक कार्यतालिकामा उल्लेख छ । विद्यालयहरूले कक्षा ११ को बार्षिक परीक्षा बैशाख अन्तिम सातादेखि संचालन गर्ने बोर्डले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here