युक्रेनको पक्षमा नेपालको मतदान


२७ आश्विन २०७९, बिहीबार ०७:५० मा प्रकाशित

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको साधारणसभामा एक सय ४३ सदस्य देशले युक्रेनमाथि रुसी आक्रमणको निन्दा र भर्त्सना गर्दै खेद प्रस्ताव पारित गरेका छन्।

नेपालले पनि उक्त प्रस्तावको पक्षमा मतदान गरेको छ। बुधबार भएको मतदानमा एक सय ४३ देशले पक्षमा र पाँच देशले विपक्षमा मतदान गरेका छन्।

यसैगरी ३५ देश मतदानको समयमा अनुपस्थित रहेका थिए।

उक्त प्रस्तावमा भनिएको छ,– ‘रुसले गरेको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सीमाभित्र तथाकिथत रुपमा गरिएको जनमत सङ्ग्रहको निन्दा गर्दछौँ। साथै संयुक्त राष्ट्रसङ्घको सदस्य राष्ट्र र सङ्गठनले युक्रेनको सीमा परिवर्तनलाई मान्यता दिने छैन।’

उक्त प्रस्तावको रुसले तुरुन्त र बिना शर्त निर्णय फिर्ता लिनसमेत माग गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here