मौसमः एक-दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना


२७ आश्विन २०७९, बिहीबार ०७:३९ मा प्रकाशित

काठमाडौं । हाल नेपालमा  उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

जसको प्रभावले मधेस प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा  भइरहेको छ।

आज दिउँसो प्रदेश १ र बागमती  प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका एक-दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। राती प्रदेश १ र बागमती  प्रदेशका थोरै  स्थानहरूमा र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

मौसम खराबीका कारण सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको  छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here