समयसंग जीवनको जरूरत पनि परीवर्तन भईरहेको छ ।व्यवसायिक परिस्थितिको कारण व्यक्तिहरू आफ्नो आय राम्रो बनाउने अवसर खोज्दै आर्थिक स्थितिलाई मजबूत बनाउनको लागि माता–पिताबाट टाढा गएर जीवन बिताउन विवश भैरहेका छन् ।परिणामस्वरूप आजको आधुनिक समयमा एकल परिवारको संख्या दिनदिनै बढ्दै छ ।परिवारबाट टाढा गएका सन्तानहरूले आफ्नो परिवारको महत्व नबुझी दिने र परिवारलाई त्याग्ने गरेका घटनाहरू सर्बव्यापक छन् ।
हाम्रो समाज दिनानु दिन स्वार्थमा लट्पट्टी रहेको छ ।आजकाल हाम्रो समाजमा माता पिता र परिवारको महत्व नबुझी दिने सन्तान हुँदा एकल परिवार कतिपय युवाहरुको लागि लोकप्रिय बन्दै गैरहेको छ ।तपाईलाई थाहा छ ? बच्चाको प्रारम्भिक विकासको लागि परिवारमा सम्मानित ठूला ब्यक्तिहरूको प्रेम र सद्भाव अत्यन्त उपयोगी हुन्छ भनेर ।
हजुरबुवा,हजुरआमा र आफना परिवारहरूसंग हुर्केका बच्चाहरूले जीवनको भावनात्मक, पारिवारिक र नैतिक जरूरतलाई पूरा गर्न पाएका हुन्छन् र पछि गएर समाजकै उत्कृष्ट नागरिक बन्छन् ।आजकाल समाजमा मानिसहरू आफ्नो चालचलन व्यवहार तथा नैतिक जिम्मेवारबाट उन्मुख हुँदै गैरहेको पाइन्छ ।जस्को असर स–साना बालबालिकाहरूलाई परीरहेको हुन्छ ।यसकारण समाजमा कुरीति र कुसंस्कारको विकास हुँदै गैरहेको छ ।बच्चाहरू नैतिकता बिहीन हुँदै गैरहेका छन् ।यो परिवारको लागि मात्र नभएर समाजकै लागि घातक हो ।
आजको समयमा प्रत्येक घरमा प्रत्येक बुवा आमाहरूले आफना बच्चाहरूलाई परिवारको मूल्य र मान्यताको पाठ पढाउन अति नै आवश्यक छ ।यदि बच्चाहरूलाई सहि समयमा सहि संस्कार सिकाउन सकिएन भएन दुख तपाईले नै पाउनु हुनेछ ।संस्कार विहीन व्याक्ति पशु समान हुन्छ ।जुन बच्चाहरूले आफ्नो परिवारबाट राम्रो संस्कार पाएका हुँदैनन् उनीहरू जहाँ जान्छन् त्यो ठाउँको वातावरणलाई नै बिगारी दिन्छन् ।गलत सोच भएका व्याक्तिहरूले आफ्नो परिवार तथा समाजलाई नर्क नै बनाएका घटनाहरू समाजमा प्रशस्त भेटिन्छन् ।
गलत सोच र परिवारको महत्व न बुझ्ने सन्तान हुँदा धेरै जना आमाबुवाहरू एक्लै भएका छन् ।कतिपय अवस्थामा त श्रीमती कै कारणले पनि धेरै जसो छोराहरूले आफ्नो परिवार नै त्याग्नु पर्ने अवस्था पनि समाजमा देखिएका छन् ।अन्तत हाम्रो समाजमा पनि वृद्ध अवस्थाका बुवाआमाहरूलाई वृद्धाआश्रम पठाएका घटनाहरू प्रशस्त भेटीन्छन् ।
हाम्रो समाजमा प्रायजसो नारीहरूले पनि श्रीमानलाई आफ्नो परिवारबाट अलग गर्नको लागि बाध्य पारेका छन् ।यो धेरै ठुलो क्रुरता हो ।यदि प्रत्येक महिलाले निस्वार्थता अपनाएर परिवारमा प्रेम र सद्भावपूर्ण सम्बन्ध कायम गरे त्यो परिवार स्वर्गको एउटा नमुना बन्न सक्छ ।
आफना सन्तान पनि असल र नैतिकवान हुन्छन् ।किन भने सन्तानले आमाबाट नै संस्कार सिक्दछन् ।बच्चालाई परिवारका प्रत्येक सदस्यहरूको महत्व प्रत्येक बुवा आमाले सिकाउनु अति आवश्यक छ ।होस गर्नुहोस तपाईले जस्तो व्यवहार आफना मान्यजनहरूलाई गर्नु भएको छ तपाईका सन्तानले पनि त्यही प्रकारको संस्कार सिक्नेछन् । गलत व्यवहार सिकाउनु भयो भने उसले भोली सबै भन्दा पहिलो प्रहार तपाईलाई नै गर्ने छ ।
परिवारमा हजुरबुवा र हजुरआमाको माया पाएर हुर्केने बच्चाहरू संसार कै भाग्यमनी हुन्छन् ।किन भने उनीहरूले हजुरबुवा हजुरआमाबाट नै नैतिक र धार्मिक मूल्य सिकेका हुन्छन् ।आफ्नो परिवारमा चल्दै आएको नैतिक र आध्यात्मिक विचारहरूसंग परिचित हुन्छन् जस्ले उनको व्यक्तित्व विकासमा धेरै भूमिका खेलेको हुन्छ ।
बालबलिकाहरुको लागि परिवार पहिलो पाठशाला हो ।परिवारको ठूलो सदस्यले बच्चालाई प्रेम,सम्मान,मित्रता,ईमानदारी,साहस,समानता,अखण्डता जिम्मेवारीको सबै भन्दा महत्वपुर्ण पाठ र मुल्य मान्यता सिकाउनु पर्दछ ।
- धेरै भन्दा धेरै गतिविधिमा सहभागी हुने अवसर
बच्चाहरूलाई धेरै खेल्न मन पर्छ ।पार्कमा जान,घर वरिपरी डुल्न बच्चाहरूलाई धेरै मन पर्छ ।उनीहरुलाई कथा कहानी सुन्न मन लाग्छ । यो सबै कुरा हजुरबुवा हजुरआमाबाट सुन्न र बुझ्न पाउँछन् ।उनीहरूका अरु धेरै जिज्ञासाहरूको लागि हजुरबुवा र हजुरआमा जस्तो नजीकको मान्छे अरु कोही हुन सक्दैन ।बच्चाहरू धेरै जिज्ञासु हुन्छन् र उनीहरूको प्रत्येक प्रश्नको जवाफ अनि कथा,कहानी चुटकीला यि सबै कुराहरु बाँड्नको लागि जीवनका सबै अनुभवले परिपक्व भएका हजुरबुवा,हजुरआमा भन्दा महत्वपूर्ण मान्छे अरु कोही पनि हुन सक्दैन ।
- मुल्य र सिद्धान्तको असर
बच्चासंग सबै भन्दा नजिक हुनेगरेकाकारण हजुरबुवा,हजुरआमा बच्चाहरूको पहिलो रोल मोडल हुन्छन् ।बच्चाहरू आफ्नो हजुरबुवा र हजुरआमाको व्यवहार,सिद्धात र मूल्यबाट नै धेरै कुरा सिक्ने गर्दछन् ।उनीहरूले ख्याल ख्यालमै बच्चाहरूलाई सही आकार,प्रेम परिपक्व र केयरिंग व्याक्ति बनाउन महत्वपुर्ण भूमिका खेलिरहेका हुन्छन् ।हजुरबुवा,हजुरआमालाई ज्ञान,संस्कार र मायाका भण्डार नै मान्ने गरीन्छ ।
- समर्थन
प्रत्येक दिन कोही न कोही तपाईको साथ हुनु धेरै अमूल्य हुन्छ ।बच्चाको वरिपरी परिवारका सदस्यहरू हुनु बच्चाको लागि यसले ठुलो सहायताको भावना दिन्छ ।ठुलो समर्थन बच्चालाई मिलीरहेको हुन्छ ।बच्चाहरूलाई विश्वसनीय प्रभाव परिरहेको हुन्छ ।जब तपाईलाई सबै भन्दा धेरै समर्थनको आवश्यकता परेको हुन्छ त्यो बेलामा बाहिरका मान्छेहरु कुनै मतलब गर्दैनन् । सबै रमिता हेर्ने मात्र हुन् ।उनीहरूलाई गर्नै पर्छ भन्ने बाध्यता पनि छैन ।आपत पर्दा तपाईको परिवारले नै हरहमेशा तपाईको साथमा हुन्छन् तपाईको सहारा हुन्छन् ।
- प्रकृती प्रति प्रेमको भावना
रूख विरुवा हावा पानी अनि यो प्रकृतिसंग यो संसारको बारेमा बच्चाले परिवारबाट नै धेरै कुरा सिकी सकेको हुन्छ ।धेरै कुरा जान्न परिवारको अहम् भुमिका हुन्छ ।प्रकृतिसंग रमाउनु बच्चाको मन–मस्तिष्क र स्वास्थ्यको लागि धेरै महत्वपुर्ण हुन्छ ।बारीमा फूललगायत विभिन्न बोट बिरुवा रोप्न सिक्दछन् ।आफुले रोपेको फूललाई रेखदेख गर्न र प्रकृतिसंग रमाउन सिक्दै हुर्केका बच्चा र परिवारबाट टाढा रहेर हुर्कीएका बच्चाको सोच्ने तौल तरिकामा आकाश र जमिनको जतिनै भिन्नता पाइन्छ ।
इशा ओली ‘बिमली’
क्लोराडो,अमेरीका ।।