राष्ट्रपतिलाई ओलीको प्रश्न : त्यस्तो मान्छे सल्लाहकार राख्न मिल्छ ?


२८ बैशाख २०८१, शुक्रबार १४:०० मा प्रकाशित

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियताबारे राष्ट्रपतिका सल्लाहकार चिरञ्जीवी नेपालको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।

शुक्रबार एमाले संसदीय दलको बैठकमा बोल्दै उनले राष्ट्रपतिका सल्लाहकार कस्ता हुन् भनेर प्रश्न गरे ।

नेपालले नेपालको नोटमा नेपालको नक्सा छाप्दा अर्को देश करायो ।

किन करायो होला अर्को देश भन्दा राष्ट्रपतिका विज्ञ सल्लाहकार भनिएकाहरू त्यो अर्को देश कराए सँगसँगै यो फलानो देशलाई उत्तेजित पार्न खोजिएको हो भन्छ’, ओलीले भने, ‘सम्माननीय राष्ट्रपतिले कस्ता र कसका मान्छेलाई जागिर खुवाएर राख्नुभएको छ ? यस्तै मान्छे राखेर तिनकै सल्लाहअनुसार, त्यस्ता मान्छे राष्ट्रपतिले राख्न मिल्छ ?’

उनले यसबारे एमालेले संसद्‌मा गम्भीर ढङ्गले राख्ने समेत बताए । साथै उनले यसमा राष्ट्रपति वा प्रधानमन्त्रीले जवाफ कसले दिने हो दिनुपर्ने पनि बताए ।

उनले राष्ट्रपतिका सल्लाहकारले राष्ट्रपतिको बोली बोल्ने भन्दै राष्ट्रपतिलाई प्रश्न समेत गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here