शान्ति प्रक्रियाको बाँकी काम अविलम्व टुंग्याउनुपर्छः सांसद सिटौला


२२ जेष्ठ २०८१, मंगलवार १६:१५ मा प्रकाशित

नेपाली काँग्रेसका सांसद कृष्णप्रसाद सिटौलाले शान्ति प्रक्रियाका बाँकी कामहरु अविलम्व टुंग्याउनुपर्ने बताउनुभएको छ ।

मंगलवार राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद सिटौलाले शान्ति प्रक्रियाको बाँकी कामहरु अविलम्व टुंग्याउनुपर्ने बताउनुभएको हो ।

उहाँले तत्कालिन राज्य पक्ष र विद्रोही पक्षको चेपुवामा परेका नागरिकहरुले अझैपनि न्याय नपाएका भन्दै उनीहरुलाई न्याय दिनका लागि अरु ढिलो गर्नु नहुने बताउनु भयो ।

उहाँले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न नसके राजनीतिक दलहरु राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा विवादको घेराबाट मुक्त हुन नसक्ने बताउनु भयो ।

उहाँले यस विषयलाई टुंग्याउन नसकेमा दलहरु बिचको विश्वास संकटग्रस्त बन्दै जाने बताउनु भयो । उहाँले शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्न सरकारले प्राथमिकता दिनुपर्ने भन्दै प्रतिपक्ष दलहरु पनि रचनात्मक सहयोग गर्न तयार रहेको बताउनु भयो ।

उहाँले संघीयताको कार्यान्वयनसँग सम्बन्धित कानुनहरु निर्माण गर्न पनि ढिलो गर्नु नहुने बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here