औपचारिक प्रश्ताव आए सरकारमा संलग्न हुन्छौँः झलनाथ खनाल


२२ फाल्गुन २०८०, मंगलवार १६:०८ मा प्रकाशित

नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले नयाँ गठबन्धन सरकारमा आफ्नो पार्टी पनि सहभागी हुनसक्ने बताउनुभएको छ ।

सम्मानित नेता खनालले सत्तारुढ गठबन्धनले औपचारिक प्रश्ताव गरे आफ्नो पार्टी सरकारमा संलग्न भएर जानसक्ने बताउनुभएको हो ।

मंगलवार अपरान्ह डल्लुस्थित आफ्नै निवासमा न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उहाँले सरकारमा सहभागी हुनका लागि सत्तारुढ गठबन्धनले आफ्नो पार्टीसँग सम्मानजनक ढंगले वार्ता गर्नुपर्ने शर्त समेत राख्नुभयो ।

बुधवार (भोलि) बिहान सो पार्टीले मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्न सचिवालय बैठक बोलाएको छ ।

नेता खनालले नीतिगत, कार्यक्रमिक, योजना र भिजनमा गठबन्धनले यसरी जान्छौं भन्ने खाका प्रश्तुत गरे सरकारमा जान कुनै समस्या नहुने प्रारम्भिक प्रतिक्रिया दिनुभयो ।

सरकारमा जानका लागि सत्तारुढ गठबन्धनसँग याचना नगर्ने उहाँको अडान थियो । सम्मानित नेता खनालले सत्तारुढ गठबन्धनले सहमतीका साथ जानका लागि गरिएको प्रश्ताव आफ्नो पार्टीले अस्वीकार नगर्ने पनि बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here