मेचिनगरमा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु


७ असार २०७६, शनिबार १५:३६ मा प्रकाशित

झापा । झापाको मेचीनगर–१० स्थित नागरडुब्बामा बसको ठक्करबाट एक पैदल यात्रीको घटना स्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा परि मृत्यु हुनेमा मेचीनगर–९ धुलाबारी ढकाल चोकका ६५ वर्षिय घनश्याम गड्तैला रहेका छन् । बाटो काट्ने क्रममा काकरभिट्टाबाट धरानतर्फ जादै गरेको को १ ख ७६६५ नम्बरको नारायणी यातायातले गाडी ओभरटेक गर्ने क्रममा ठक्कर दिएको हो । दुर्घटना दिउँसोको २ बजे भएको हो ।

दुर्घटना पश्चात चालक र गाडी दुवैलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here