राप्रपाले उम्मेदवारको नाम टुंग्यायो


२१ आश्विन २०७९, शुक्रबार १६:४० मा प्रकाशित

काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा ले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि देशभरबाट उम्मेदवारको नाम टुंगो लगाएको छ ।
पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनका अनुसार सबै जिल्ला कार्य समितिले दुवै निर्वाचनका लागि पठाएका करिब सात सय उम्मेदवारमध्येबाट प्रतिनिधिसभामा १६५ र प्रदेशसभामा ३३० उम्मेदवार केन्द्रले छनोट गरेको छ।
जिल्ला निर्वाचन कार्यालयमा यही असोज २३ गते जिल्ला कार्य समितिले केन्द्रसँग समन्वय गरी उम्मेदवारको नाम दर्ता गराउने छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here