नेपालको आर्थिक वृद्धिदर ५.८ प्रतिशत हुने विश्व बैंकको संशोधित अनुमान


२१ आश्विन २०७९, शुक्रबार १६:३२ मा प्रकाशित

काठमाण्डौ । विश्व बैंकले नेपालको चालु आर्थिक वर्षमा नेपालको वृद्धिदर ५ दशमलव ८ प्रतिशत हुने संशोधित अनुमान सार्वजनिक गरेको छ ।
बैंकले सार्वजनिक गरेको साउथ एसिया इकोनोमिक फोकसु मा यसअघि गरिएको ३ दशमलव ७ प्रतिशतमात्र रहने प्रक्षेपणलाई संशोधन गरी यो वर्ष ५ दशलमव ८ प्रतिशत वृद्धिदर पुग्ने उल्लेख छ ।
यो वर्ष मूल्यवृद्धि भने निकै उच्च भएको छ ।
गएको आर्थिक वर्षमा ३ दशमलव ६ प्रतिशतमा खुम्चिएको मूल्यवृद्धि रुस–युक्रेन युद्ध र आन्तरिक कारणले यो वर्ष ६ दशमलव ३ प्रतिशत पुग्ने बैंकको अनुमान छ ।
अपेक्षितभन्दा बढी मूल्यवृद्धिले घरायसी क्रय शक्ति घटाउने र आयात प्रतिबन्धको विस्तारले वृद्धिलाई सङ्कुचित बनाउने भन्दै बैंकले बढ्दो मूल्यवृद्धि र कृषि उत्पादनमा हुने जोखिमका कारण दिगो पुनर्बहाली अनिश्चित भएको टिप्पणी गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here