झरी परेको भन्दै निर्वाचन तालिका फेर्न दबाब, आयोग भन्छ : कुनै हालतमा सम्भव हुँदैन


२१ आश्विन २०७९, शुक्रबार १३:१० मा प्रकाशित

काठमाडौं । केही राजनीतिक दलले प्रत्यक्षतर्फको मनोनयन दर्ताको कार्यतालिका फेरबदल गर्न निर्वाचन आयोगमा ‘दबाब’ दिन थालेका छन् ।
केही दिनदेखि परेको झरीका कारण कार्यक्षेत्रमा जान ढिलाई भएको भन्दै उनीहरुले कार्यतालिका परिमार्जन गर्न आग्रह गरेका हुन् ।
निर्वाचन आयोगले प्रत्यक्षतर्फ मनोनयन दर्ताका लागि आगामी आइतबारका लागि मिति तोकेको छ ।
त्यो दिन कार्यालय समयमा इच्छुकहरुले मनोनयनपत्र दर्ता गर्न पाउँछन् ।
तर सत्ता गठबन्धनले सिट बाँडफाँट टुंग्याएको छैन भने एमाले पनि जनता समाजवादी, राप्रपा लगायतका दलसँग तालेमलको प्रयासमा छ ।
निर्वाचन आयोगका प्रवक्ता शालिकराम पौडेलले भने निर्वाचन कार्यतालिका फेरबदल सम्भव नहुने बताउनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here