झापा । नेपालमा दक्षिण-पश्चिम बंगालको खाडी र आन्द्र प्रदेश आसपास बनेको न्युन चापीय क्षेत्रको प्रभाव रहेका कारण देशभरको मौसममा असामान्य बदली भएको छ। जस्का कारण अधिक बर्षा भइ बाढी तथा पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले सचेत गराएको छ ।
महाशाखाका अनुसार प्रदेश १, मधेस प्रदेश र बागमती प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा सामान्यदेखि पूर्ण बदली रहने छ।
बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशहरूका केही स्थानहरूमा मेघ गर्जन चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका केही, गण्डकी प्रदेशका थोरै, बागमती प्रदेश, मधेस प्रदेश र प्रदेश नं १ का एक-दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ। ती स्थानका बासिन्दालाई सचेत रहन आग्रह गरिएको छ।