नेपालीका चाडपर्वहरूको नेपाली समाजमा विशेष महत्व छः एमाले अध्यक्ष ओली


१८ आश्विन २०७९, मंगलवार १७:१७ मा प्रकाशित

झापा । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालीका महान चाडहरूका विशेष महत्व रहेको बताउनुभएको छ ।
बडादसैं, शुभदिपावली, छठ तथा नेपाल सम्वतको अवसरमा झापाको बिर्तामोडमा मंगलबार आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा एमाले अध्यक्ष ओलीले आफूभन्दा ठूलाबाट आशिर्वाद लिने र सानालाई आशिर्वाद दिने चाड भएकाले दसैंको निकै ठूलो महत्व रहेको बताउनुभयो ।
ओलीले उहाँको पनि गृहजिल्ला झापामा बर्षेनी महानवमीका दिन शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्दै आउनुभएको छ ।
हिन्दुधर्ममा महिलाहरूको विशेष महत्व रहेको तर कतिपय मन्त्रहरूलाई अर्कै अर्थ लगाइएको ओलीले बताउनुभयो ।
चाडपर्वहरूले समाजलाई एकसुत्र बाँध्ने गरेकाले ती चाडपर्वका महत्व अतुलनीय रहेको ओलीले बताउनुभयो ।
कार्यक्रममा राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देन पनि उपस्थित हुनुहुन्थ्यो ।
राजनीतिक पार्टीका तर्फबाट जसपाका जिल्ला अध्यक्ष दिपेनबाला राई, राप्रपाका प्रवक्ता भक्ति सिटौला, नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाईंलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here