मोरङमा करेन्ट लागेर १ जनाको मृत्यु


१४ आश्विन २०७९, शुक्रबार १२:०२ मा प्रकाशित

झापा । मोरङको उर्लाबारी नगरपालिका १ मा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कटहरी गाउँपालिका २ मोरङका ३५ बर्षीय उद्धब परियार रहेका छन् ।

हिजो अपरान्ह ३ बजे आसिस समि नारायण साह जे बी कन्ट्रक्सन द्धारा निर्माणाधिन उर्लाबारी सामुदायिक खानेपानीको पानी ट्याङ्कीमा वेल्डिङ गर्ने क्रममा करेन्ट लाग्दा परियारको घटना स्थलमा नै मृत्यु भएको हो ।

घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय उर्लाबारीबाट थप अनुसन्धान भईरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here