एमाले सचिवालय बैठकः समानुपातिक निर्वाचनतर्फको बन्दसूची हेरफेर गर्ने जिम्मा ओलीलाई


१४ आश्विन २०७९, शुक्रबार ०७:५३ मा प्रकाशित

काठमाडौँ । नेकपा एमालेले समानुपातिक निर्वाचन तर्फको असोज ३ मा बुझाएको बन्दसूची हेरफेर गर्ने भएको छ ।

सो पार्टीले नेताहरुसँगको परामर्शपछि अन्तिम बन्दसूची असोज १५ गते बुझाउने भएको छ ।

यसअघि बुझाएको बन्दसूचीमा थपघट गर्ने अधिकार अध्यक्ष केपी शर्मा ओलीलाई दिएको एमालेले बिहीबारको बैठकमा प्रत्यक्ष तर्फका उम्मेदवारबारे प्रारम्भिक छलफल गरेको जनाएको छ ।

२१ वा २२ गते अर्को बैठक बसेर प्रत्यक्ष तर्फका उम्मेदवार सार्वजनिक गर्ने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here