दशैँकाे बिदामा १३ वटा डिपो खुला हुने


१४ आश्विन २०७९, शुक्रबार १४:५० मा प्रकाशित

काठमाण्डाै  ।  नेपाल आयल निगमले दशैँ बिदाका समयमा आफ्ना सबै डिपाे खुला रहने जनाएको छ ।

निगमले एक सूचना प्रकाशित गरी दशैँका समयमा पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि दशैँकाे बिदामा १३ वटा डिपो खुला राख्ने जनाएको छ ।

दशैँमा सार्वजनिक बिदा हुने र सार्वजनिक गाडीकाे चाप बढ्ने भएकाले पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि डिपाेहरू खुला राख्ने निगमले निर्णय गरेको निगमका निर्देशक वीरेन्द्र गोइतले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रदेश १ को विराटनगर र मधेस प्रदेशको अमलेखगञ्जमा असोज १६, २९ र २१ गते डिपो खुला हुने छ  ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here