सल्यान । सल्यानमा भएको जिप दुर्घटनामा परी ८ जनाको मुत्यु भएको छ ।
रा १ ज ५६३ नम्वर जीप विहान ३ः३० वजे कपुरकोट गाउँपालिका-६ रिम जलवाङगमा भएको सल्यानका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले जानकारी दिनुभयो ।
दुर्घटनामा परि मुत्युहुनेमा अधिकांश कपुरकोट ६ का व्यक्तिहरु रहेका छन् । एकजना घाइतेको उद्धार गरि उपचारका लागि पठाइएको छ ।
घटना स्थलमा प्रहरी सहित जनप्रतिनिधि, स्वास्थ्यकर्मी, स्थानियहरु उद्धारमा खटिएका छन् । बाँकेको ढकेरीबाट बिहेबाट फर्कदै गरेका व्यक्तिहरु दुर्घटनामा परेका हुन् ।





