सत्ता गठबन्धनको शीर्ष नेताहरूको बैठक आज पनि बस्ने


१२ आश्विन २०७९, बुधबार ०७:२९ मा प्रकाशित

काठमाडौं । सत्ता गठबन्धनको शीर्ष नेताहरूको बैठक आज पनि बस्ने भएको छ ।

सीट बाँडफाँडको टुंगो लगाउन सत्ता गठबन्धनका शीर्ष नेताको बैठक आज बस्न लागेको नेताहरूले बताएका छन् ।

निर्वाचनको समय नजिकिँदै जाँदा पाँच दलीय गठबन्धनलाई सिट बाँडफाँडमा चटारो छ। निर्वाचन आउन अब ५३ दिनमात्रै बाँकी छ।

त्यसका लागि गठबन्धनका शीर्ष नेताहरुको बैठक आज बिहान ८ बजे बालुवाटारमा बस्न लागेको हो। बैठकले सीट बाँडफाँट टुंगो लगाउने कार्यदलले दाबी गरेको छ।

मंगलवार बालुवाटारमा बसेको कार्यदलको बैठकले प्रदेशसभामा सीट बाँडफाँटको मापदण्ड बनाएको थियो। प्रदेशसभातर्फको ३३० सीट बाँडफाँडको प्रस्ताव तयार गरेको नेताहरुले जनाएका छन्।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here