झापा । काठमाडौँ महानगरपालिकाले चाडपर्व लक्षित अनुगमनलाई तीव्रता दिएको छ ।
बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिकी संयोजक एवं महानगरकी उपप्रमुख सुनिता डंगोलको नेतृत्वमा मंगलबार काठमाडौंका बिभिन्न स्थानमा पुगेर बजार अनुगमन गरेको हो ।
अनुगमन टोलीले प्रदर्शनी मार्गस्थित टुकुचा तरकारी बजार, खसी बजार, खाद्य संस्थान थापाथलीको सुपथ विक्री कक्षमा विक्री कक्ष लगाएको अनुगमन गरेको थियो ।
त्यस्तै टोलीले कलंकीमा रहेको भाटभटेनी सुपरमार्केटमा खाद्य बस्तुको विक्री व्यवस्था अनुगमन गर्दै सामानको मूल्य, उत्पादन मिति, म्याद सकिने मिति, अधिकतम मूल्य जस्ता पक्षमा ध्यान दिन सुझाव दिएको थियो ।
अनुगमनपछि महानगरकी उपप्रमुख डंगोलले, बजारमा गलत गर्ने सबैलाई कारवाही गरिने स्पष्ट पार्नुभयो ।
स्वच्छ र गुणस्तरीय सामान, सुपथ मूल्यका लागि उपभोक्ता आफैँ सचेत हुनुपर्ने उहाको भनाई छ ।
उहाले चाडपर्वपछि पनि निरन्तर अनुगमन हुने जानकारी दिनुभयो ।





