रवीन्द्र मिश्र बुधबार राप्रपामा प्रवेश गर्दै, वरिष्ठ उपाध्यक्ष बनाउने सहमति


११ आश्विन २०७९, मंगलवार १०:४३ मा प्रकाशित

काठमाडौ । साझा विवेकशील पार्टी परित्याग गरेका रवीन्द्र मिश्र बुधबार राप्रपामा प्रवेश गर्ने भएका छन् ।

राप्रपा र रवीन्द्र मिश्र नेतृत्वको वृहत् ध्रुवीकरण पक्षधर समूहबीच एकता घोषणा गर्न बुधबार राजधानीमा कार्यक्रम तय भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठको भनाइ छ ।
मिश्रलाई राप्रपाले वरिष्ठ उपाध्यक्ष बनाउने सहमति भएको छ। वरियता भने हाल राप्रपाका रहेका उपाध्यक्षहरुभन्दा पछाडि हुनेगरी सहमति भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here