नेपाली राष्ट्रिय फुटबल टिमले दक्षिण एसियाली प्रतिद्वन्दी बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेल खेल्दै


११ आश्विन २०७९, मंगलवार ०८:४४ मा प्रकाशित

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले आज दक्षिण एसियाली प्रतिद्वन्दी बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेल खेल्दैछ ।

घरेलु मैदान दशरथ रंगशालामा नेपालले फिफा इन्टरनेसनल विन्डो अन्तर्गत बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेल खेल्न लागेको हो । नेपाल र बंगलादेशबीचको खेल साँझ साढे ५ बजे सुरु हुनेछ ।

नेपाल आउनुअघि कम्बोडियासँग एक मैत्रीपूर्ण खेल खेलेर बंगलादेश काठमाडौं ओर्लिएको हो । उक्त खेलमा बंगलादेश १–० ले पराजित भएको थियो ।

नेपाल र बंगलादेश एक अर्काका परिचित र कठिन प्रतिद्धन्दी हुन् । दुबै टोलीलाई यो खेल सहज हुनेछैन ।

नेपालले बंगलादेशविरुद्ध हालसम्म २४ पटक प्रतिस्पर्धा गरेको छ । जसमा बंगलादेशले १२ खेल जितेको छ भने नेपालले ७ खेल मात्रै जितेको छ । ५ खेल बराबरीमा सकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here