रेसम चौधरीको स्वास्थ्यवस्थामा समस्या, खुट्टा बाँधेरै उपचार गराइँदै


६ असार २०७६, शुक्रबार १८:५४ मा प्रकाशित

काठमाडौं । टीकापुर काण्डका मुख्य योजनाकारको अभियोगमा जन्मकैद भोगिरहेका सांसद् रेसम चौधरीको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि उनको वीर अस्पताल उपचार भईरहेको छ ।

हाडजोर्नीमा गम्भीर समस्या देखिएपछि उनलाई साङ्लोमा बाधेरै अस्पताल पुर्याईएको डिल्लीबजार कारागार प्रशासनले जनाएको छ । चौधरी लामोसमय अघिबाट हाडजोर्नीको समस्याबाट ग्रसित थिए । पछिल्लो समय आएर उनमा अझै धेरै समस्या देखिएपछि उनलाई १५ दिनदेखि वीर अस्पतालमै राखेर दैनिक थेरापी गराईदैछ । उनको शरिर नै कुप्रो परेपछि चौधीलाई हिजो बिहीबार वीरको आकास्मिक कक्षमा भर्ना गरिएको थियो ।

चौधरी गत बर्ष सम्मपन्न प्रतिनिधिसभाको चुनावमा भारी मतका साथ विजयी भएका थिए । उनी कैलाली क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित सांसद् हुन् उनले त्यस क्षेत्रबाट ३४ हजार ३४१ मत ल्याएर चुनाव जितेका थिए । उनलाइलाई सपथग्रहणका लागि जेलबाट नै सिंहदरबार संसद भवनमा लगिएको थियो । २०७२ भदौ ७ गते टीकापुरमा सात प्रहरीसहित ८ जनाको हत्या भएको घटनामा कैलाली जिल्ला अदालतले उनलाइ प्रमुख दोषी मानेको थियो । उनी १५ महिनादेखि डिल्लीबजार कारागारमा छन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here