नेपालसंग मैत्रीपूर्ण खेल खेल्न बंगलादेशको राष्ट्रिय फुटबल टोली नेपाल आइपुग्यो


८ आश्विन २०७९, शनिबार १०:२४ मा प्रकाशित

काठमाडौं । नेपालसंग मैत्रीपूर्ण खेल खेल्न बंगलादेशको राष्ट्रिय फुटबल टोली नेपाल आइपुगेको छ ।

असोज ११ गते दशरथ रंगशालामा हुने नेपालसँगको मैत्रीपूर्ण फुटबल खेलका लागि बंगलादेशको राष्ट्रिय फुटबल टिम नेपाल आइपुगेको हो ।

कम्बोडियासँग मैत्रीपूर्ण खेल खेलेर बंगलादेशी टिम शुक्रबार राति काठमाडौं आएको हो । टोलीलाई एन्फा सदस्यद्वय रवीन्द्र चन्द र पुरुषोत्तम थापाले त्रिभुवन विमानस्थलमा स्वागत गरे ।

नेपाली राष्ट्रिय  टिमका पूर्वसदस्य, हाल क्यानडामा रहेका नरेश बुढाएर क्यानडाको नेशनल हाइपरफरमेन्स च्याम्पियनसिप २०२२ अन्तर्गत प्रेसिडेन्ट एघार टिममा समावेश भएका छन् । यस च्याम्पियनसिपमा क्यानडा सेलेक्ट, प्रेसिडेन्ट एघार र यु-२५ क्यानडा टिमले प्रतिस्पर्धा गर्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here