काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमालेप्रतिको भ्रम चिर्दै जनतामाझ जान नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।
शुक्रबार काठमाडौंमा युवा संघ नेपालको प्रचार भेलालाई सम्बोधन गर्दै ओलीले निर्वाचनमा एमालेसंग पराजय हुने डरले गठबन्धनले एमालेप्रति भ्रम सिर्जना गर्न खोजेको भन्दै एमालेप्रतिको भ्रम चिर्दै जनतामाझ जान नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएको हो ।
उहाँले अहिले गठबन्धन सरकारले अधिनायकवाद लाद्न खोजेको भन्दै त्यस्को बिरुद्ध लड्न आफू तयार रहेको बताउनुभयो । उहाँले लोकतन्त्रको पक्षमा लड्न नथाक्ने स्पष्ट पार्नुभयो । उहाँले एमालेप्रति बिभिन्न माध्यमबाट अझै हमला हुन सक्ने भन्दै सचेत रहन समेत आग्रह गर्नुभयो ।
ओलीले अहिले गठबन्धनले अर्थतन्त्रको पाङ्ग्रा फुस्काएर सत्तालाइ मिलिजुली खाने माध्यम बनाएको धारणा राख्नुभयो । चुनावपछि बन्ने एमालेको सरकारले ग्यारेन्टीका साथ मुलुकको बिकास गर्ने अठोट व्यक्त गर्नुभयो ।





