काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री जीवनराम श्रेष्ठले शताब्दी पुरुष सत्यमोहन जोशीको उपचारमा कुनै कमी हुन नदिने बताउनुभएको छ ।
शुक्रबार जोशीलाई उहाँकै निवासमा भेट्दै मन्त्री श्रेष्ठले जोशीको स्वास्थ्य अवस्था कमजोर हुँदै गएको र उपचार आवश्यक रहेकाले उपचारमा कुनै कमी हुन नदिने बताउनुभएको हो ।
भेटका क्रममा जोशीले स्वास्थ्य लाभका लागि स्वास्थ्यकर्मी आवश्यक रहेको र स्वास्थ्य परिक्षण गर्नुपर्ने बताउनुभयो । त्यस्तै जोशीले चित्रकारलाई बनाउन भनेको चक्रसंवरका लागि पनि बजेट अभाव भएको बताएपछि बागमति प्रदेशले आवश्यक बजेट बिनियोजन गर्ने जानकारी गराउनुभएको थियो ।
आफ्नो ’अन्तिम इच्छा’ भन्दै लोक साहित्य परिषदमा पौभाः चित्र राख्न जोशीले चित्रकारलाई आग्रह गर्नुभएपछि चक्रसंवर कोर्नेकाम जारी छ । त्यस्तै शुक्रबार नै काठमाडौं महानगरका प्रमुख बालेन्द्र साहले जोशीसंग भेट गर्दै स्वास्थ्यलाभको कामना गर्नुभएको छ । सो क्रममा शाहले लोक साहित्य परिषदको अवलोकन गर्नुभएको थियो ।





