झापा । आगामी राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता जनाउनका लागि प्रदेशस्तरीय तेक्वान्दो छनोट प्रतियोगिता सकिएको छ ।
गत शनिवारदेखि झापाको बिर्तामोडमा शुरु भएको उक्त छनोट प्रतियोगिताबाट राष्ट्रिय खेलकुदमा सहभागिताका लागि खेलाडी छनोट गरिएको हो ।
केही समयपछि गण्डकी प्रदेशको पोखरामा हुन लागेको नवौं राष्ट्रिय खेलकुद २०७९ का लागि तेक्वान्दो खेलाडी छनोट गरिएको खेलकुद विकास समिति झापाका अध्यक्ष भेषराज भण्डारी प्रशान्तले जानकारी दिए ।
छनोट प्रतियोगिताको उद्घाटन गत शनिवार प्रदेश १ का सामाजिक विकास तथा खेलकुद मन्त्री राजन राईले गरेका थिए ।





