हिकभिजन कम्पनीको अन्य उत्पादनसमेत नेपाली बजारमा


२७ भाद्र २०७९, सोमबार १८:३५ मा प्रकाशित

बिर्तामोड ।   यसअघि सिसिटिभी क्यामेरा तथा क्यामेरा जडान गर्दा लाग्ने सामान मात्र बिक्री गर्दै आएको हिकभिजन कम्पनीले अन्य उत्पादनसमेत बजारमा ल्याएको छ ।

आफ्ना उत्पादनलाई विश्वकै नम्वर एक ब्रान्ड रहेको दाबी गर्दै आएको उक्त कम्पनीले बिर्तामोडमा सोमबार पार्टनर ट्रेनिङ कार्यक्रमको आयोजना गर्दै आफ्ना उत्पादनका बारेमा जानकारीसमेत गराएको छ । कार्यक्रममा नयाँ उत्पादनहरुका बारेमा आफ्ना खुद्रा विक्रेताहरुलाईसमेत जानकारी दिएको थियो ।

बिर्तामाडको आधिकारिक बिक्रेता हाइटेक कम्प्युटर र राष्ट्रिय बितरक नियोटेरीकले सञ्चालन गरेको कार्यक्रममा आफ्ना उत्पादनहरु अरु कम्पनीको भन्दा महंगो भएपनि गुणस्तरीय रहेको नियोटेरिकका बजार व्यवस्थापक तथा सञ्चालक सुरज भट्टले जानकारी दिनुभयो ।

अहिले उक्त कम्पनीले सिसिटिभी, एस.एस.डी., मेमोरी कार्ड, फ्लास कार्ड, इन्टरनल सिरिज, एन.ए.एस., इम्बेडेड सोलुसन तथा यस्मा लाग्ने आवश्यक सामाग्रीसमेत बिक्री बितरणका लागि राखिएको कम्पनीका राष्ट्रिय बजार व्यस्थापक मोहम्बद चुन्नाले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here