थप एक सय ७९ जनामा कोरोना संक्रमण पुष्टि, एक जनाको मृत्यु


२७ भाद्र २०७९, सोमबार १८:१५ मा प्रकाशित

काठमाडौँ ।   नेपालमा थप १ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको २ हजार ६ सय पिसिआर परिक्षणका क्रममा १ सय २७ जना र २ हजार ३ सय ५९ एन्टीजेन परिक्षणका क्रममा ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण थप १ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै थप १ सय ७१ जना निको भएका छन् । हाल नेपालमा २ हजार २ सय ७१ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here